प्रहरी प्रधान कार्यालय तानिए बैदामका डिएसपी श्रेष्ठ, अब सन्तोष आउने

पाेखरा | साउन ७, २०८१

प्रहरी प्रधान कार्यालय तानिए बैदामका डिएसपी श्रेष्ठ, अब सन्तोष आउने प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठ

पोखरा:  वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठलाई प्रहरी प्रधान कार्यालयले तानेको छ । 

 

गत सालको असोजमा बैदामको कमाण्ड सम्हालेका श्रेष्ठलाई गत शुक्रबार प्रहरी प्रधान कार्यालयले कार्य विभाग अन्तरगत राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा काज सरुवा गरेको हो ।

 

लेकसाइडका व्यवसायीहरुबाट नगद असुलेको र विभिन्न बहानामा दुख दिएको आरोप लगाउदै उनी विरुद्ध पोखराका पर्यटन व्यवसायीको नाममा अख्तियार तथा दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

 

उक्त उजुरी गत महिनाको ३० गते दर्ता भएको थियो । 
 

यो पनि पढ्नुहोस

 

त्यसपछि श्रेष्ठ प्रहरी प्रधान कार्यालय तानिएका हुन् भने उनको स्थानमा मानवस्रोत विभागमा कार्यरत सन्तोष निरौलालाई सिफारिस गरेको छ । 

प्रहरी नियमावली–२०७१ अनुसार इन्चार्ज भएर बस्ने प्रहरी अधिकृतहरूको सरुवा १ वर्षमा गर्नुपर्ने व्यवस्था छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्